Colossians 1:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने स्वर्ग र पृथ्वीमा भएका सबै कुरा उहाँद्वारा सृष्टि भयो। दृश्य र अदृश्य लगायत आत्माका शक्तिहरू, मालिकहरू, शासकहरू र अधिकारीहरू, यी सब ख्रीष्टद्वारा र ख्रीष्टकै निम्ति सृष्टि भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँमा नै सबै थोकहरू सृष्टि भएका थिए: स्वर्गमा र पृथ्वीमा भएका थोकहरू, देखिने र नदेखिने, सिंहासनहरू होस् वा शक्तिहरू वा शासकहरू वा अधिकारीहरू; सबै उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन्।
Nepali ERV (पवित्र बाइबल)
उहाँकै शक्तिद्वारा सारा थोक सिर्जित छ स्वर्ग र पृथ्वीका कुराहरू, दृश्य र अदृश्य कुराहरू, सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू, यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्।
Nepali Tamang 2011
तिग्दा भिसम स्वर्गदेन जम्बुलिङरी मुबा म्राङ्खम्बा म्राङ्आखम्बा जम्मान स्हेगदे, ग्लेगदे मुसै, य्हुल्सागदे मुसै, शासन लबागदे मुसै, अधिकार याङ्बागदे मुसै परमेश्वरसे ख्रीष्टग्याम स्होबा हिन्ना। ओच्छे परमेश्वरसे चु जम्मान ख्रीष्टलान लागिरी स्होबा हिन्ना।