Colossians 1:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले पुत्रबाट सबै सृष्टिलाई फेरि आफ्नो बनाउनुभयो, अनि क्रूसमा बलिदान भएको आफ्नो पुत्रको रगतले स्वर्ग र पृथ्वीमा भएका सबैलाई आफूसँगै मेलमिलाप गराउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र परमेश्वरले उहाँका क्रूसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँद्वारा परमेश्वरले सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। उहाँले क्रूसमा बगाउनुभएको ख्रीष्टको रगतको माध्यमद्वारा स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरूमा शान्ति गराउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
अनि यो परमेश्वरको इच्छा थियो कि उहाँले स्वर्ग अनि पृथ्वीको जम्मै वस्तुहरू ख्रीष्ट मार्फत फेरि उहाँमा ल्याउने। क्रूसमा परमेश्वरले ख्रीष्टको रगतबाट शान्ति ल्याउनु भयो।
Nepali Tamang 2011
ह्राङला झा ख्रीष्ट क्रुसरी सिसी बगब लबा काग्यामसेन परमेश्वरसे स्वर्गदेन जम्बुलिङरी मुबा जम्मान स्हेदा शान्ति पिन्जी। ओच्छे ख्रीष्टग्यामसे जम्मान स्हेदा ह्राङलान स्होजी।