Colossians 1:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब पुत्रको आफ्नै शरीरको बलिदानले तिमीहरूलाई परमेश्वरले फेरि आफ्नो मित्र बनाउनुभयो र उहाँले तिमीहरूलाई आफ्नो सामुन्ने पवित्र, शुद्ध र निर्दोष बनाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र, निष्खोट र निर्दोष प्रस्तुत गर्न ख्रीष्टका मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्याउनुभएको छ—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अब तिमीहरूलाई उहाँको दृष्टिमा पवित्र, निष्खोट र निर्दोष उपस्थित गराउन, उहाँले तिमीहरूलाई आफ्नो भौतिक शरीरको मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तर ख्रीष्टले तिमीहरूलाई फेरि परमेश्वरको मित्र बनाइदिनु भएकोछ, आफ्नो मृत्युद्वारा त्यो गर्नुभयो जब उहाँ शरीरमा हुनुहुन्थ्यो। परमेश्वरको अघि तिमीहरूलाई पवित्र, निष्कलंक अनि कुनै प्रकारले तिमीलाई निन्दारहित बनाई उभ्याउनुलाई उहाँले त्यसो गर्नु भयो।
Nepali Tamang 2011
तर दान्दे परमेश्वरसे म्हन्बा अन्छार परमेश्वरला झा म्हि दोसी सिजी। चुग्यामसेन परमेश्वरसे एनीगदेदा ह्राङला ह्रोदेन तिगै दोष आरेबा चोखो म्हि स्होसी ह्राङला ङामरी भबारी हिन्ना।