Colossians 1:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्‍चै तिमीहरू दिगो र बलियो भएर विश्‍वासमा लागिरह। तिमीहरूले सुनेका सुसमाचारको आशालाई छोड्दै नछोड। यही सुसमाचार सृष्‍टिभरिका मानिसहरूलाई सुनाइएको छ। म पावल यही सुसमाचार सुनाउने सेवक भएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिमीहरू आफ्‍ना विश्‍वासमा अचल र स्‍थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने। यही नै त्‍यो सुसमाचार हो, जो स्‍वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, धर्म-सेवक भएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरू आफ्नो विश्‍वासमा अटल र स्थिर भई रह्‍यौ भने; अनि तिमीहरूले आशा राखेका सुसमाचारबाट पछि हटेनौ भने यो त्यही सुसमाचार हो, जुनचाहिँ तिमीहरूले सुनेका छौ, जुन सुसमाचार स्वर्गमुनि भएका हरेक प्राणीका लागि घोषणा गरिएको छ, र म पावल त्यसैको सेवक नियुक्त भएको छु।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गर्यौ भने ख्रीष्टले यसो गर्नु हुनेछ। तिमीहरू आफ्नो विश्वासमा दृढ र निश्चल बस्नु पर्छ। सुसमाचारले दिएको आशाबाट विचलित नहोओ। त्यही सुसमाचार संसारका सबै मानिसहरूलाई सुनाइएको छ। म, पावल त्यही सुसमाचारको सेवक हुँ। मण्डलीको लागि पावलको काम
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेसे लबा विश्‍वास आख्‍लाना विश्‍वासरी कोङ्‌सी चिउ। ओच्‍छे एनीगदेसे थार्बा पिन्‍बा समाचार थेःबा धुइरी याङ्बा आशदा थाम्‍लेःगो। तिग्‍दा भिसम चु समाचार जम्‍बुलिङला जम्‍मासेन थेःसी जिन्‍बा मुला। थेतबासेलमा ङा पावलएनोन चुनोन समाचार थेःना लबा म्‍हि दोबा मुला।