Colossians 1:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस बेला म तिमीहरूका लागि दु:ख भोग्न खुसी छु किनभने ख्रीष्टको शरीर मण्डलीको लागि उहाँको बाँकी रहेको दु:ख कष्ट मेरो शरीरमा भोगेर पूरा गर्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब तिमीहरूका खातिर मेरा दुःख-भोगमा म आनन्द मनाउँदछु, र ख्रीष्टका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर, अर्थात् उहाँको मण्डलीको खातिर म आफ्नो देहमा पूरा गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब तिमीहरूका निम्ति कष्ट भोगिरहेकोमा म आनन्दित छु; अनि उहाँको शरीर, जुनचाहिँ मण्डली हो, यसको निम्ति ख्रीष्टका कष्टहरूको कमीमा म आफ्नो शरीरमा त्यो पूरा गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूकालागि दुःखहरू उठाउनु परेकोमा म खुशी छु। ख्रीष्टको शरीरले दुःख झेल्नु पर्ने अझै धेरै छ। जो मेरो शरीरले पाउनु पर्ने कष्टहरू हुन म ग्रहण गरिरहेकोछु। म उहाँको शरीर-मण्डलीको निम्ति दुःख उठाउँछु।
Nepali Tamang 2011
दान्दे एनीगदेला लागिरी दुख नातोःसै ङा ताङ्बा मुला। तिग्दा भिसम ङाइ ख्रीष्टसे नाबा ह्रङ्बा दुख अझ नातोःसेला मुला। थेतबासेलमा थेला ल्हुइ मण्डलीला लागिरी ङाइ नातोःबा जम्मान दुख नाला।