Colossians 1:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई सबै मानिसहरूका निम्ति राखिएको ठूलो रहस्यको कुरा खोलिदिने परमेश्वरको योजना हो। रहस्यको कुराचाहिँ यही हो, ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ। यसको अर्थ हो— तिमीहरू परमेश्वरको सम्मान्को सहभागी हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस रहस्यको महिमामय सम्पत्ति अन्यजातिहरूमा कति महान् छ, त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। यो रहस्य ख्रीष्ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस महिमामय सम्पत्तिको रहस्यचाहिँ ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ अर्थात् महिमाको आशा, त्यो कुरा गैरयहूदीहरूलाई थाहा गराउनको लागि परमेश्वरले तिनीहरूलाई चुन्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
त्यो धनी र महिमामयी सत्य आफ्ना मानिसले जानुन् भन्ने निश्चय परमेश्वरले गर्नुभयो। त्यो महान सत्य सबै जातिहरूको लागि हो। अनि उहाँ सत्य हुनुहुन्छ ख्रीष्ट स्वयं, जो तिमीहरू सबैमा हुनुहुन्छ। परमेश्वरको महिमामा भागीदारी हुनु उहाँ हाम्रो एक आशा हुनुहुन्छ।
Nepali Tamang 2011
म्हिसे था आयाङ्बा परमेश्वरला सेमला ताम अर्गु य्हुलला म्हिगदेला लागिरी गाते उदेकला मुबा भिबा ताम घोना लबारी थेनीगदेदा धम्बा हिन्ना। थे परमेश्वरला सेमला ताम चा एनीगदेला सेमरी मुबा ख्रीष्ट हिन्ना। ओच्छे एनीगदेसे परमेश्वरदेन छ्यामनोन चिम्याङ्ला भिसी लबा आश हिन्ना।