Colossians 1:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको लागि स्‍वर्गमा सुरक्षासँग राखिएको आशाले गर्दा तिमीहरूले यस्‍तो विश्‍वास र प्रेम गरेका हौ। यो आशाको विषयमा अघिदेखि नै खुसीको सत्‍य सन्‍देशमा तिमीहरूले सुन्‍यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुनचाहिँ तिमीहरूका निम्‍ति स्‍वर्गमा राखिएका आशाको कारणले नै हो। यस विषयमा तिमीहरूले अघि नै सत्‍यको वचन, अर्थात्‌ सुसमाचारमा सुनेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो विश्‍वास र प्रेम जुन आशाबाट पलाएर आउँछ, त्यो तिमीहरूको लागि स्वर्गमा जम्मा गरिएको छ, र यस विषयमा तिमीहरूले अगि नै सुसमाचारको सत्य वचनमा सुनिसकेका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूमा आशा भएको कारणले नै तिमीहरूको ख्रीष्टमा विश्वास छ र परमेश्वरका सबै जनहरूलाई तिमीहरू प्रेम गर्छौ। तिमीहरुले आशा गरेको कुरो तमीहरुका लागि स्वर्गमा साँचेर राखिएकोछ भन्ने तिमीहरु जान्दछौ। तिमीहरूले यो आशा बारे सत्य शिक्षाबाट सुसमाचार सिक्यौ जुन तिमीहरूलाई भनिएको छ।
Nepali Tamang 2011
परमेश्‍वरसे स्‍वर्गरी एनीगदेला लागिरी जुकजुकधोनाला जुनी थान्‍बा मुला भिसी एनीगदेसे आश लबा मुला। थेतबासेलमा एनीगदे चुह्रङ् लसी विश्‍वास लसी ह्राङ ह्राङ न्‍हङरी माया लसी ढिक्‍सी चिबा हिन्‍ना। एनीगदेसे लबा आशला तामला बारेरी एनीगदेसे ङाच्‍छान थार्बा पिन्‍बा समाचार सत्‍य बचनग्‍याम थेःबा मुला।