Colossians 1:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुसमाचार तिमीहरूकहाँ पनि आएको छ। सुसमाचारले सारा संसारमा फल ल्‍याउँदै बढिरहेछ। त्‍यसरी नै तिमीहरूले परमेश्‍वरको अनुग्रहको विषयमा सत्‍य कुरा सुनेदेखि तिमीहरूमा पनि भइरहेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो सुसमाचार तिमीहरूकहाँ आएको छ, र साँच्‍चै सारा संसारमा फलदायी भई बढ़िरहेछ। सत्‍यतामा परमेश्‍वरको अनुग्रह तिमीहरूले सुनेको र बुझेको दिनदेखि उसो सुसमाचारले तिमीहरूका बीचमा पनि त्‍यसरी नै काम गरिरहेछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी सुसमाचार संसारभरि फैलिएको छ, त्यसरी नै तिमीहरूमा आएको छ। तिमीहरूले यो सुसमाचार जुन दिनदेखि सुन्यौ र साँचो रूपमा परमेश्‍वरको अनुग्रहलाई बुझ्यौ, यसले तिमीहरूमा फल फलाइरहेको छ; र वृद्धि भइरहेको छ।
Nepali ERV (पवित्र बाइबल)
संसारको जम्मै कुनाहरूमा त्यस सुसमाचारले आशिष र फलहरू ल्याउँदै छ। त्यो सुसमाचार सुनेपछि र परमेश्वरको अनुग्रह बारे सत्य कुरो बुझे पछि तिमीहरूले पनि त्यही अनुभव गरिरहेका छौ।
Nepali Tamang 2011
चुनोन थार्बा पिन्‍बा समाचार थेःसी, परमेश्‍वरला दयामायाला बारेरी सत्‍य ताम ज्‍यना लसी घोमाकुनुहेन्‍से एनीगदे न्‍हङरी ख्रीष्‍टदा विश्‍वास लबा म्‍हिगदे बढब तबा मुला। थेह्रङ् लसीन जम्‍बुलिङला जम्‍मान ग्‍लारी थार्बा पिन्‍बा समाचार थेःसी ख्रीष्‍टदा विश्‍वास लबा म्‍हिगदे बढब तबान मुला।