Colossians 2:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू ख्रीष्‍टमा हुनु नै साँचो खतना पाउनु हो। मानिसद्वारा शरीरमा लगाइने खतना होइन तर ख्रीष्‍टकै खतना लाएका छौ। यो खतनाचाहिँ तिमीहरूले यस शारीरिक स्‍वभावको शक्तिबाट छुटकारा पाउनु हो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ख्रीष्‍टको खतनामा पापमय स्‍वभावको देहलाई त्‍यागेर हातविना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँमा तिमीहरूको पनि खतना भयो, जुन मानिसका हातहरूद्वारा गरिएको खतना होइन। तिमीहरूका शरीरले शासन गरेको सम्पूर्ण पापमय स्वभावलाई ख्रीष्‍टको आत्मिकी खतनाद्वारा हटाइएको छ।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टमा तिमीहरूको भिन्नै खतना गरियो। यस्तो खतना मानिसबाट गरिदैन। मेरो मतलब, तिमीहरू आफ्नो पापपूर्ण प्रकृतिको शक्तिबाट मुक्त गरिएकाछौ। ख्रीष्टले गर्नु हुने खतना यस्तो प्रकृतिको हुन्छ।
Nepali Tamang 2011
ख्रीष्‍ट येशूदेन छ्‌याम गिक तबासे लमा एनीगदे खतना लबा म्‍हि ह्रङ्‌बान दोबा मुला। तर यहूदीगदेला ठिम अन्‍छार एनीगदेला ल्‍हुइला तिगै स्‍हे थासी आहिन। तर ख्रीष्‍ट येशूसे एनीगदेला पापी बानीबेहोर भ्‍याङ्‍सी खतना लबा हिन्‍ना।