Colossians 2:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने बप्तिस्मा लिंदा तिमीहरू ख्रीष्टसँगै गाडियौ अनि तिमीहरूले मरेकाबाट ख्रीष्टलाई बिउँताउनुहुने परमेश्वरको शक्तिमा विश्वास गरेका हुनाले तिमीहरू ख्रीष्टसँग बिउँतिएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बप्तिस्मामा तिमीहरू उहाँसँग गाडिएका थियौ। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नाले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जब तिमीहरूको बप्तिस्मा भयो तिमीहरू ख्रीष्टसँगै गाडियौ, र उहाँसँगै नयाँ जीवनको लागि जीवित पारियौ; किनकि तिमीहरूले ख्रीष्टलाई मृत्युबाट बौरी उठाउने परमेश्वरको शक्तिशाली सामर्थ्यमा विश्वास गर्यौ।
Nepali ERV (पवित्र बाइबल)
यस्तो भयो जब तिमीहरू बप्तिस्माको माध्यम ख्रीष्टसित गाडिएका थियौ अनि उहाँसितै बौराई उठाइयो किनभने परमेश्वरको शक्तिमा तिमीहरूले ूविश्वास गरेका छौ। ख्रीष्टलाई मृत्युदेखि बौरी उठाएर परमेश्वरले आफ्नो शक्ति देखाउनु भयो।
Nepali Tamang 2011
तिग्दा भिसम बप्तिस्मा किन्मा एनीगदे ख्रीष्टदेन छ्यामनोन ल्हुबा मुबा। ओच्छे परमेश्वरला शक्तिसे ख्रीष्टदा सिबाग्याम सोना लबा हिन्ना, थेनोन शक्तिथोरी विश्वास लबासे लमा एनीगदेदाएनोन ख्रीष्टदेन छ्यामनोन सोना लबा मुला।