Colossians 2:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले पाप गरेको कारण र व्यवस्थाअनुसार खतना नलाउने अरू जातिका मानिस भएका हुनाले एक समय तिमीहरू आत्‍मिकरूपमा मरेका थियौ। तर अब त परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै बिउँताउनुभएको छ र हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू आफ्‍ना अपराध र शरीरअनुसार बेखतनामा मरेका थियौ, तर परमेश्‍वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरू आफ्ना पापहरूमा र आफ्ना शारीरिक स्वभावको बेखतनामा मरेका थियौ, परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँग जीवित पार्नुभयो। उहाँले हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको पापहरूको कर्मले गर्दा अनि आफ्नो पापमय प्रकृतिबाट मुक्त नभएकाले गर्दा तिमीहरू मरेका थियौ। तर परमेश्वरले तिमीहरूलाई ख्रीष्टसितै जीवित तुल्याउनु भयो अनि हाम्रा सम्पूर्ण पापहरूलाई क्षमा गर्नु भयो।
Nepali Tamang 2011
ङाच्‍छा एनीगदे ह्राङला पापदेन पापी बानीबेहोर आख्‍लाबासे लमा एनीगदे सिबा तेबान मुबा। तर दान्‍दे परमेश्‍वरसे य्‍हाङ जम्‍मालान पाप माफ लसी ख्रीष्‍टदेन छ्‌यामनोन सोना लबा मुला।