Colossians 2:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्‍यही क्रूसमा नै ख्रीष्‍टले आत्‍मिक शासक र शक्तिहरूबाट आफैं स्‍वतन्‍त्र पार्नुभयो। उहाँले तिनीहरूलाई खुल्‍लमखुल्‍ला तमाशा बनाइदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले प्रधानताहरू र शक्तिहरूलाई नि:शस्‍त्र पारी ती सबैमाथि क्रूसमा विजय प्राप्‍त गर्नुभयो, र तिनलाई खुल्‍लमखुल्‍ला तमाशा बनाइदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी उहाँले आत्मिकी शासकहरू र अधिकारहरूलाई निःशस्त्र पार्नुभयो। उहाँले क्रूसको विजयद्वारा तिनीहरूलाई सार्वजनिक रूपमा लज्जित बनाइदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आत्मिक शक्ति र अधिकारहरूलाई जित्नुभयो। क्रूसले परमेश्वर विजयी बन्नुभयो अनि ती अधिकारहरू, शक्तिहरूलाई परास्त गर्नुभयो। तिनीहरू शक्तिहीन थिए, भन्ने कुरो परमेश्वरले संसारलाई देखाउनु भयो।
Nepali Tamang 2011
चुह्रङ् लसी ख्रीष्‍ट क्रुसरी सिसी जम्‍मान शक्तिगदेदेन अधिकार याङ्बागदेदा भ्रेना लजी। ओच्‍छे थेनीगदेदा जम्‍मालान ओन्‍छाङरी पेःना लजी।