Colossians 2:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले दर्शन पाएका छौं भन्दै झूटो नम्रता देखाएर स्वर्गदूतलाई पूजा गरी आफैंलाई ठूला ठान्नेहरू छन्। तिनीहरूले तिमीहरूलाई यस्ता छली कुराले झुक्याएर तिमीहरूले पाउनुपर्ने इनाम गुमाउन नदेओ। यस्ता मानिसहरू कारणैबिना शारीरिक स्वभावको ज्ञानले फुलिएर बस्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नै शरीरलाई सास्ती दिने कुरामा जिद्दी गरेर, स्वर्गदूतलाई पुज्न लाएर, आफ्नो दर्शनमा अड़िएर, आफ्नो अभिलाषी मनले कारणविनाको घमण्डले फुलिएर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्याओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झूटा नम्रता र स्वर्गदूतहरूको आराधना गर्न मन पराउनेहरूले तिमीहरूलाई अयोग्य नतुल्याऊन्; यस्ता मानिसहरू तिनीहरूका आफ्नै दर्शनहरूमा भर पर्छन् र उनीहरूका सांसारिक मनले उनीहरूलाई घमण्डले फुलाएको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
कसै-कसैले वहना गर्न मन पराउछन् अनि कसैले स्वर्गदूतहरूको आराधना गर्न मन पराउँछन्। तिनीहरू भन्छन तिनीहरूले दर्शनहरू देखेका छन्। तिनीहरूलाई भन्ने अनुमति दिनु हुँदैन, “तिमीहरू भूल बाटोमा छौ, किनभने तिमीहरू यी चीजहरू गर्दैनौ।”
Nepali Tamang 2011
एनीगदेदा खालैसे लुसीला ताम लोप्सी फसब थालगै। तिग्दा भिसम थेह्रङ्बा म्हिगदेसे एनीगदेदा फसब लबारी य्हाङ तिगै आहिन, य्हाङसे स्वर्गदूतगदेदा तेन्तोःला भिसी लोप्मुला। चु जम्मान ताम ङन्दा परमेश्वरसे उन्बा हिन्ना भिसी थेनीगदेसे पाङ्सैनोन थेन्ना सेमरी म्हन्सी लोप्बा ताम जे हिन्ना। थेतबासेलमा एनीगदेसे थेनीगदेला ताम ङ्यान्जी भिसम एनीगदेसे याङ्तोःबा इनाम आयाङ्। थेनीगदेसे ह्राङला सेमरी म्हन्सी लोप्बा तामरी घमण्ड लसी भ्रमुला। तर थेनीगदेसे घमण्ड लतोःबा ताम तिगै आरे।