Colossians 2:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिनीहरू त आफ्ना शिर ख्रीष्टसँग नजोडिएर छुट्टै रहेका छन्। उनै ख्रीष्टका अधीनमा रहेर मात्र सिङ्गै शरीर पुष्ट हुन्छ अनि उनीहरू ठीकठाकसँग जोडिएर परमेश्वरकै चाहनाअनुसार बढ्दै-बढ्दै जानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस्ताहरूले ख्रीष्ट, अर्थात् शिरलाई समातिराख्दैनन्, जसबाट पोषण पाई जोर्नी र ग्रन्थिहरूद्वारा एकसाथ गाँसिएर सारा शरीर परमेश्वरले दिनुभएको वृद्धिअनुसार बढ्दैजान्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शिरसँग तिनीहरूका सम्बन्ध-विच्छेद भएको हुन्छ, जसद्वारा सारा शरीरले पोषण पाएको हुन्छ, जोर्नीहरू र मांसपेशीहरूलाई एकसाथ गाँसिएर सारा शरीरलाई परमेश्वरले वृद्धि गराउनु भएअनुसार बढ्दैजान्छ।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू ख्रीष्टको अधीनमा रहन रूचाउँदैनन्। सम्पूर्ण शरीर ख्रीष्टमा भर पर्छ। ख्रीष्टकै कारणले शरीरका जम्मै अंगहरू एक-अर्कालाई याद गर्छन औ सहायता गर्छन। यसले शरीरलाई शक्तिशाली बनाउँछ अनि एक साथ राख्छ। अनि शरीर परमेश्वरले इच्छा गरे झैं बढछ।
Nepali Tamang 2011
थेह्रङ्बा म्हिगदे चा ह्राङला ल्हुइला थोबो ह्रङ्बा ख्रीष्टदेन छ्याम आचिना, फेसी चिमुला। ख्रीष्टदेन छ्याम गिक तसी चिजी भिसम जे य्हाङला ल्हुइला जोर्नी जोर्नीरी भङ वाङ्सी परमेश्वरसे म्हन्बा अन्छार य्हाङ ल्हेबान निला।