Colossians 2:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[20-21] तिमीहरूले त ख्रीष्‍टसँगै मरेर यस संसारका आत्‍माबाट छुटकारा पाएका छौ। किन तिमीहरू यस संसारकै जस्‍ता भएर जिउँछौ? किन तिमीहरू यो चलाउनुहुँदैन, यो चाख्‍नुहुँदैन, यो छुनुहुँदैन भन्‍ने नियमहरू पालन गर्छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि संसारका आधारभूत सिद्धान्‍तहरूप्रति ख्रीष्‍टसँग तिमीहरू मरेका छौ भने, यस संसारका जस्‍ता भई किन तिमीहरू बाँचिरहन्‍छौ? नियमहरूका अगि किन झुक्‍छौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू यस संसारका आधारभूत सिद्धान्तहरूका लागि ख्रीष्‍टसँग मारिएका छौ भने अझै तिमीहरू संसारसँग सम्बन्ध भएझैँ त्यसका नियमहरूको अधीनमा किन रहन्छौ?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू ख्रीष्टसितै मरेका छौ र संसारका व्यर्थका नियमहरूबाट मुक्त बनेका छौ। त्यसकारण अझै तिमी यही संसारको हौ भन्ने अभिनय किन गर्छौं? म के भन्छु भने यस्तो नियमहरू किन मानिरहेका छौ?
Nepali Tamang 2011
एनीगदे ख्रीष्‍टदेन छ्‌यामनोन सिसी जम्‍बुलिङदेन मुरी शासन लबा म्‍हङ म्‍हुङदेन ल लुग्‍याम फेसी जिन्‍बा मुला। चुदे एनीगदे फेसी जिन्‍बा हिन्‍सम जम्‍बुलिङरी चिबा ह्रङ् लसी थेह्रङ्बा ठिमदा तिग्‍दा ख्‍लाबारी आखम्‍बा? ओच्‍छे अझ तिग्‍दा थेह्रङ्बा ठिमला लिच्‍छा भ्रबा?