Colossians 2:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मकर्म गर्ने, नम्र हुने र जोगीझैँ जिउने, यी सबै बुद्धिमानी देखिन्छन्। तर यो आफ्नो शारीरिक स्वभावको नराम्रो इच्छालाई वशमा राख्न केही कामको हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उपासनालाई कष्टदायी बनाएर र आफैलाई हियाएर, र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्वाँग त पार्छन्, तर शरीरका अभिलाषालाई काबूमा ल्याउन यी कुराहरू कुनै मूल्यका हुँदैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू आफैँले आराधना स्थापित गरेर, तिनीहरूका झूटा नम्रता देखाएर र आफ्ना शरीरलाई कष्टदायी व्यवहार गरेर, यी नियमहरू साँच्चै बुद्धिपूर्ण देखा पर्छन्, तर शारीरिक वासनालाई काबूमा ल्याउन यी कुराहरू केही मूल्यका हुँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
यस्ता नियमहरू सुन्दर र बुद्धिमानी देखिन्छन्, तापनि यी मानिसले बनाएको धर्मका अंगहरू हुन्। यसले मानिसहरूलाई विनम्र बनिएको बहना गर्छ, अनि शरीरलाई दुःख दिदंछ। तर धर्मले मानिसलाई तिनीहरूको पापमय प्रकृतिले चाहेको दुष्ट कुराहरू गर्नेदेखि रोक्दैन।
Nepali Tamang 2011
थेह्रङ्बा रिमठिम तेन्बा म्हिगदेसे चा “ङनी धर्म कर्म लबा सोजो म्हि हिन्ना” भिसी ल्हानान सेबा दोसी ह्राङला ल्हुइदा दुख पिन्मुला। तर थेनीगदेसे ह्राङला पापी सेमदा चा तहरी थान्बारी आखम्मुला।