Colossians 2:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू चनाखो भएर बस, नत्र मानिसहरूको ज्ञान-बुद्धिको खोक्रो छलको तिमीहरू शिकार बन्नेछौ। यस्ता कुराहरू ख्रीष्टबाट होइनन् तर मानिसहरूकै परम्परा र संसारका शिक्षाबाट आएका हुन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टकाअनुसार होइनन्, तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होसियार होओ, कि कसैले तिमीहरूलाई खोक्रो र छलपूर्ण दर्शनशास्त्रद्वारा शिकार नबनाओस्, जुनचाहिँ ख्रीष्टअनुसार होइन, तर मानवीय परम्परा र यस संसारका आधारभूत सिद्धान्तहरूमा आधारित हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
सर्तक बन ताकि कसैले झूठो र व्यर्थका विचारले तिमीहरूलाई धोका नदिवोस। त्यस्ता विचारहरू मानिसबाट आउँछन्, अनि ख्रीष्टबाट होइन। त्यस्ता विचारहरू संसारका मानिसहरूको अयोग्य विचार हुन्।
Nepali Tamang 2011
च्यागो, एनीगदेदा खालै म्हिसे थेनीगदे ह्राङ ह्राङसे म्हन्सी लोप्बा गे आखेल्बा लुसीला ताम लोप्सी फसब थालगै। तिग्दा भिसम चु जम्मान ताम जम्बुलिङदेन मुरी मुबा म्हङ म्हुङ, ल लुग्याम खबा ताम हिन्ना। तर ख्रीष्टग्याम खबा आहिन।