Colossians 3:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब त तिमीहरूले नयाँ स्वभाव धारण गरेका छौ। उहाँको पूर्ण ज्ञान तिमीहरूले पाओ भनेर परमेश्वर यसको सृष्टिकर्ताले यो स्वभाव उहाँकै स्वरूपमा सधैँ नयाँ पारिरहनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र नयाँ स्वभाव धारण गरेका छौ, जो आफ्नो सृष्टिकर्ताको रूपअनुसार ज्ञानमा नयाँ भइरहेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि नयाँ स्वभावलाई धारण गरेका छौ, जुनचाहिँ सृष्टिकर्ताको रूपमा भएको ज्ञानमा नवीकरण हुँदै गइरहेको छ।
Nepali ERV (पवित्र बाइबल)
अब तिमीहरू नयाँ जीवनमा बाँच्न थालेका छौ। नयाँ जीवनमा तिमीहरू लगातार नयाँ भई रहने छौ। तिमीहरू आफ्नो विधाता झैं बन्दैछौ। यस नयाँ जीवनले तिमीहरूलाई परमेश्वरलाई साँचो रूपमा चिनाउन लैजाने छ।
Nepali Tamang 2011
दाहेन्से परमेश्वरसे एनीगदेदा छार जुनी पिन्बासे लमा एनीगदेसे परमेश्वरदा ज्यना लसी ङोसेगै भिसी अझन परमेश्वरसे एनीगदेदा ह्राङ ह्रङ्बान स्होबान मुला।