Colossians 3:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍टको शिक्षाले तिमीहरूको हृदय भरिभराउ होस्। आफ्‍ना सबै ज्ञान-बुद्धिले सिकाउने र सल्‍लाह दिने गर। धन्‍यवादी बनेर भजन, स्‍तुति र आत्‍माका गीतहरूले हृदयदेखि परमेश्‍वरलाई चढाउओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्‍ततासँग वास गरोस्‌। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्‍वरप्रति आफ्‍नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्‍तुति र आत्‍मिक गान गाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले पूरा बुद्धिसाथ एक-अर्कालाई सिकाउँदा र हप्काउँदा, ख्रीष्‍टको वचन तिमीहरूसँग प्रशस्त गरी बास गरोस्। आफ्ना हृदयमा भएका कृतज्ञतासाथ परमेश्‍वरको निम्ति भजन, स्तुतिगान र आत्मिकी गीतहरू गाओ।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टको संदेश तिमीहरूभित्र समृद्ध भावमा रहोस्। एक-अर्कामा शिक्षा दिनु र दृढ बनाउन सम्पुर्ण बुद्वि खटाऊ। परमेश्वरलाई हृदयले धन्यवाद चडाउँदै भजन, गीत र आत्मिक स्तुतिहरू गाऊ।
Nepali Tamang 2011
एनीगदेला सेम सदन ख्रीष्‍टला बचनसे प्‍लिङ्‌सी गिकसेम गिकदा ह्राङला जम्‍मान ज्ञान बुद्धिसे लोप्‍गो। ओच्‍छे परमेश्‍वरला आत्‍मासे पिन्‍बा व्‍हाइ सेमहेन्‍से गोसी परमेश्‍वरदा धन्‍यवाद पिन्‍गो।

Recommended Reading