Colossians 4:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए मालिकहरू हो, आफ्‍ना नोकरहरूलाई पक्षपात नगरी राम्रो व्‍यवहार गर। तिमीहरूले पनि स्‍वर्गमा आफ्‍नो मालिक हुनुहुन्‍छ भन्‍ने कुरा नबिर्स।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मालिक हो, तिमीहरूका पनि स्‍वर्गमा मालिक हुनुहुन्‍छ भन्‍ने जानेर आफ्‍ना कमाराहरूसँग न्‍यायसङ्गत र उचित व्‍यवहार गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मालिकहरू हो, आफ्ना सेवकहरूसँग न्यायसङ्गत र उचित व्यवहार गर; किनकि तिमीहरू जान्दछौ स्वर्गमा तिमीहरूका पनि मालिक हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मालिकहरू, आफ्ना सेवकहरूलाई काम अनुसार जे उचित र राम्रो छ देऊ। याद राख कि स्वर्गमा तिम्रो पनि मालिक हुनुहुन्छ। ख्रीष्टि्यनहरूलाई पावल केही गर्नलाई सल्लाह दिन्छन्
Nepali Tamang 2011
मालिकगदे, एनीगदेसेनोन ह्राङला नोकरगदे न्‍हङरी खालैला ली आच्‍याना ज्‍यना लउ। ओच्‍छे एनीगदेसेनोन ह्राङला मालिक स्‍वर्गरी मुला भिबा ताम थाम्‍लेःगो।