Colossians 4:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मसँगै कैदमा भएका अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्। बारनाबासको भाइ मर्कूसले पनि अभिवादन पठाएका छन्। उनको बारेमा मैले अघि नै तिमीहरूलाई भनिसकेको छु, उनी आए भने राम्रोसँग स्वागत गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा सङ्गी-कैदी, अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्। बारनाबासको भानिज मर्कूसको पनि अभिवादन। तिनको विषयमा तिमीहरूले आदेश पाइसकेका छौ— तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा सङ्गी-कैदी अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्, र मर्कूसले पनि, जो बारनाबासका भाइ पर्छन्। (तिमीहरूले तिनको विषयमा आदेश पाएका छौ, यदि तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर।)
Nepali ERV (पवित्र बाइबल)
अरिस्तार्खसले नमस्कार पठाएका छन्। उनी पनि मसितै कैदमा छन्। अनि बर्णाबासका काकाका छोरा भाइ मर्कूसले पनि नमस्कार भनेका छन्। मर्कूसको विषयमा तिमीलाई निर्देशन दिएकोछु। यदि उनी आए भने उनलाई स्वागत गर्नू।
Nepali Tamang 2011
ङादेन छ्यामनोन झ्याल्खानरी मुबा ह्रो आरिस्तार्खससे एनीगदेदा फ्याफुल्ला भिसी पाङ्बा मुला। ओच्छे बारनाबासला कोन मर्कूससेनोन एनीगदेदा फ्याफुल्ला भिसी पाङ्बा मुला। मर्कूस एनीगदे मुबा ग्लारी खजी भिसम एनीगदेसे थेदा मान लतोःला भिबा ताम था याङ्सी जिन्बा मुला।