Colossians 4:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
युस्तस भनिने येशूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। परमेश्वरको राज्य बढाउन मसँगै काम गर्ने इस्राएलीहरूमा यिनै तीन जना मात्रै हुन्। साँच्चै यिनीहरूले मलाई निकै हौसला दिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
युस्तस नाउँ भएका येशूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। परमेश्वरका राज्यको निम्ति मेरा सहकर्मीहरूमध्ये यहूदी विश्वासीहरू यिनीहरू मात्र हुन्। यिनीहरूद्वारा मलाई सान्त्वना मिलेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन्। परमेश्वरको राज्यको निम्ति मेरा सहकर्मीहरूमध्ये यहूदीहरूबाट यिनीहरू मात्र हुन्, र यिनीहरू मेरो लागि ठूलो सहयोग भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
येशूले (उनलाई जस्तस पनि भनिन्छ) पनि आफ्नो नमस्कार पठाउँदैछन्। यहाँ यहूदी विश्वासीहरू मात्रै छन् जो मसित परमेश्वरको राज्यको निम्ति काम गर्दैछन्। यिनीहरू मेरा लागि सुखका कारण भएकाछन्।
Nepali Tamang 2011
युस्तस भिबा येशूसेनोन एनीगदेदा फ्याफुल्ला भिसी पाङ्बा मुला। यहूदी विश्वासीगदे न्हङला चु सोमसे जे परमेश्वरला य्हुल्साला समाचार थेःना लबारी ङादेन छ्याम गे लबा मुला। चु सोमसे लमान ङाइ ल्हानान भङ याङ्बा मुला।