Colossians 4:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूकै एक जना भाइ, ख्रीष्‍ट येशूका कमारा इपाफ्रासले अभिवादन पठाएका छन्। उनले सधैँ तिमीहरूको लागी खुरन्‍धार प्रार्थना गरिरहन्‍छन्। तिमीहरू परमेश्‍वरको इच्‍छा पूर्णरूपमा मान्‍ने भएर दिगो, पाको र पूरा विश्‍वासी होओ भन्‍ने उनको प्रार्थना छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूमध्‍येका एक जना ख्रीष्‍ट येशूका दास इपाफ्रासले पनि अभिवादन पठाएका छन्‌। तिनले आफ्‍ना प्रार्थनामा परिश्रमसाथ सधैँ तिमीहरूलाई स्‍मरण गर्छन्, ताकि तिमीहरू परिपक्‍व होओ, र परमेश्‍वरका सारा इच्‍छामा सम्‍पूर्ण रूपले निर्धक्‍क भई बस्‍न सक।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूमध्येका एक जना र ख्रीष्‍ट येशूका सेवक इपाफ्रासले अभिवादन पठाएका छन्। तिमीहरूका निम्ति तिनले जागा रहेर निरन्तर प्रार्थना गरिरहेका छन्, ताकि तिमीहरू सम्पूर्ण रूपले निश्‍चित र परिपक्व भई परमेश्‍वरको सारा इच्छामा स्थिर भई लागिरहन सक।
Nepali ERV (पवित्र बाइबल)
येशू ख्रीष्टका सेवक इपाफ्रासले पनि आफ्नो नमस्कार पठाएका छन्। उनी तिमीहरूकै समूहका हुन्। उनी सधैं तिमीहरूका लागि प्रार्थना गर्दछन्। तिमीहरू आत्मिक रूपले परिपक्क होऊ र पमेश्वरले चाहेका सबै कुरा तिमीहरूसित होस् भन्दै उनी प्रार्थना गर्छन्।
Nepali Tamang 2011
थेह्रङ् लसीन प्रभु ख्रीष्‍ट येशूला गे लबा एनीगदेलान आले इपाफ्राससेनोन एनीगदेदा फ्‍याफुल्‍ला भिसी पाङ्बा मुला। एनीगदेसे परमेश्‍वरसे म्‍हन्‍बा जम्‍मान ताम घोसी विश्‍वासरी पाकोदेन ढुक्‍क तसी चिबारी खम्‍गै भिसी थेसे सदन एनीगदेला लागिरी प्रार्थना लबा मुला।