Colossians 4:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले सुसमाचार प्रचार गरेकोले म थुनामा परेको छु। अब ख्रीष्‍टको रहस्‍य बताउन र उहाँको सुसमाचार प्रचार गर्न परमेश्‍वरले हाम्रो लागि राम्रो ढोका खोलिदेऊन् भनी हाम्रो लागि प्रार्थना गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा निम्‍ति पनि प्रार्थना गर, ताकि ख्रीष्‍टको त्‍यो रहस्‍य प्रचार गर्नलाई परमेश्‍वरले हामीलाई वचनको निम्‍ति एउटा ढोका खोलिदेऊन्, जसको निम्‍ति म थुनामा परेको छु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हाम्रो लागि पनि प्रार्थना गर, ताकि परमेश्‍वरले हामीलाई वचनको निम्ति ढोका खोलिदेऊन्; अनि हामीले ख्रीष्‍टको रहस्यको घोषणा गर्न सकौँ, जसको लागि म साङ्लामा बाँधिएको छु।
Nepali ERV (पवित्र बाइबल)
हाम्रो लागि पनि प्रार्थना गर। परमेश्वरलाई प्रार्थना गर कि उहाँले उहाँको संदेश मानिसहरूलाई भन्ने मौका हामीलाई दिऊन्। प्रार्थना गर कि परमेश्वरले ख्रीष्ट बारेमा खोली दिनु भएको साँचो रहस्य प्रचार गर्न हामी योग्य हुन सकौं। म कैदमा छु किन कि म यो सत्य सिकाँउछु।
Nepali Tamang 2011
एनीगदेसे प्रार्थना लबा धुइरी अझ ख्रीष्‍टला बारेरी परमेश्‍वरला सेमरी मुबा ताम म्‍हिगदेदा थेःना लबारी परमेश्‍वरसेन ग्‍याम स्‍होसी पिन्‍गै भिसी ङन्‍ना लागिरी प्रार्थना लसी पिन्‍गो। ख्रीष्‍टला समाचार थेःना लबासे लमान दान्‍दे ङा झ्‍याल्‍खानरी परब तबा हिन्‍ना।