Colossians 4:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा प्यारा भाइ तुखिकसले नै मेरो सबै खबर तिमीहरूलाई सुनाउनेछन्। उनी पनि हामीसँगै सेवा गर्ने प्रभुका विश्वासी भक्त हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो विषयमा सबै कुरा प्रिय भाइ, विश्वासी धर्म-सेवक र प्रभुमा सङ्गी-दास तुखिकसले तिमीहरूलाई भन्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तुखिकसले तिमीहरूलाई मेरो बारेमा सबै जानकारी दिनेछन्। तिनी प्रभुमा एक प्रिय भाइ, एक विश्वासयोग्य सेवक र सङ्गी-सेवक हुन्।
Nepali ERV (पवित्र बाइबल)
टाइकिकस ख्रीष्टमा मेरा प्रिय भाइ हुन्। प्रभुमा उनी एक ूविश्वासी सेवक र मेरा सहकर्मी हुन्। मसित घटेका सबै कुराहरूको बारेमा उनले तिमीहरूलाई भन्ने छन्।
Nepali Tamang 2011
ङन्से माया लबा आले तुखिकससेन एनीगदेदा ङाला बारेरी जम्मान ताम पाङ्ला। थेएनोन ङन्देन छ्यामनोन प्रभुला गे लबा विश्वास लखम्बा म्हि हिन्ना।