Colossians 4:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी तिमीहरूमध्‍ये प्‍यारा र विश्‍वासी भाइ ओनेसिमसको साथ लागेर आउँदै छन्। ओनेसिमस तिमीहरूकै मानिस हुन्। तिनीहरूले नै यहाँ भएका सबै कुरा तिमीहरूलाई सुनाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीसँग ओनेसिमस आउँदैछन्, जो तिमीहरूमध्‍येका एक जना हुन्, र तिनी हाम्रा विश्‍वासी र प्रिय भाइ हुन्‌। यहाँको सबै हालखबर तिनीहरूले तिमीहरूलाई बताउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी ओनेसिमससँग आइरहेका छन्, जो तिमीहरूमध्येका एक हुन्, र जो हाम्रा विश्‍वासयोग्य प्रिय भाइ हुन्। तिनीहरूले यहाँको सबै हालखबर तिमीहरूलाई भनिदिनेछन्।
Nepali Tamang 2011
थेदेन छ्‌याम ओनेसिमसएनोन खबान मुला। ङन्‍से विश्‍वास लखम्‍बा सेम निबा आले ओनेसिमस चा एनीगदेलान म्‍हि हिन्‍ना। एनीगदेदा ङन्‍ना बारेरी थेन्‍से जम्‍मान ताम पाङ्ला।