Daniel 1:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनलाई परमप्रभुले यहोयाकीम राजालाई पक्रन र मन्‍दिरका केही भाँडाकुँडा जफत गर्न दिनुभयो। उनले केही कैदीहरू अनि मन्‍दिरबाट लुटेका सामानहरू बेबिलोनमा लगेर आफ्‍ना देवताहरूको मन्‍दिरका भण्‍डारहरूमा राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले परमेश्‍वरको भवनका केही भाँड़ाकुँड़ाहरूसहित यहूदाका राजा यहोयाकीमलाई तिनको हातमा सुम्‍पिदिनुभयो। ती भाँड़ाकुँड़ाहरू तिनले बेबिलोनियामा भएको आफ्‍ना देवताको मन्‍दिरमा लगे र देवताकै भण्‍डारमा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि प्रभुले यहूदाका राजा यहोयाकीमलाई परमेश्‍वरको भवनका केही भाँडाकुँडाहरूसहित तिनको हातमा सुम्पिदिनुभयो। तिनले ती सामानहरू बेबिलोनमा भएको आफ्नो देवताको मन्दिरमा लगे र ती भाँडाकुँडाहरू आफ्ना देवताकै भण्डारमा राखे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले उसलाई यहूदाको राजा यहोयाकीमलाई पराजित गर्ने शक्ति दिनुभयो अनि परमेश्वरको मन्दिरबाट सबै भाँडा-कुँडाहरू लाने अनुमति दिनुभयो। नबूकदनेस्सरले ती चीजहरू शिनारको भूमि बाबेलमा ल्याए अनि उनका देवताहरूका मन्दिरमा राखे।