Daniel 10:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फारस देशका राजा कोरेसले राज्य गरेको तेस्रो वर्षमा दानिएलकहाँ (जसलाई बेलतसजर पनि भन्थे) एउटा सन्देश आयो। त्यो दर्शनको सन्देश साँचो थियो र ठूलो युद्धको बारेमा थियो। त्यस सन्देशको अर्थ उनले दर्शनमा पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारसका राजा कोरेसको तेस्रो वर्षमा दानिएललाई (जसलाई बेलतसजर भनिन्थ्यो) एउटा दर्शन दिइयो। यस दर्शनको सन्देश सत्य थियो र यो एक ठूलो लड़ाइँको बारेमा थियो। त्यस सन्देशको अर्थ तिनलाई दर्शनमा प्राप्त भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परसीयाका राजा कोरेसको शासनकालको तेस्रो वर्षमा, दानिएललाई (जसलाई बेलतसजर भनिन्छ) एउटा दर्शन दिइयो। यस दर्शनको सन्देश सत्य थियो, र त्यो एउटा ठूलो युद्धसँग सम्बन्धित थियो। तिनले त्यस सन्देशको अर्थ दर्शनमा पाए।
Nepali ERV (पवित्र बाइबल)
कोरेसको शासनकालको तेस्रो वर्षमा कोरेस फारसको राजा थिए भन्ने खबर दानियलले पाए। खबर साँचो थियो अनि यो एउटा ठूलो युद्धको विषयमा थियो। दानियलले त्यो बुझिहाले। यो कुरा एउटा दर्शनमा उसलाई बताइएको थियो।