Daniel 10:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्वर्गदूतले मलाई भने, “ए दानिएल, परमेश्वरले तिमीलाई प्रेम गर्नुहुन्छ। सिधा भई उभ र मैले के भन्न लागेको छु, होशियारसित सुन। म तिमीकहाँ पठाइएको छु।” उनले त्यसो भनेपछि म काम्दै उभिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “दानिएल, तिमी जो अति नै सम्मान गरिएका छौ, मैले तिमीलाई भन्न लागेका वचनहरूमा राम्रोसँग विचार गर, र खड़ा होऊ, किनभने म तिमीकहाँ पठाइएको छु।” जब तिनले यो मलाई भने, म डरले थरथर काम्दै उभिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले मलाई भने, “हे दानिएल, जो अति सम्मानित छौ, मैले तिमीलाई भन्न लागेका कुराहरू ध्यानपूर्वक विचार गर; अनि खडा होऊ; किनकि अहिले म तिमीकहाँ पठाइएको हुँ।” जब तिनले मलाई यसो भने, तब म थरथर काम्दै उभिएँ।
Nepali ERV (पवित्र बाइबल)
दर्शनको मानिसले मलाई भन्यो, ‘दानियल परमेश्वरले तिमीलाई अतिनै प्रेम गर्नुहुन्छ। मैले तिमीलाई भन्न लागेको वचनको विषयमा राम्ररी ध्यान देऊ र उभेऊ, मलाई तिमीकहाँ पठाइएको हो।’ तब उहाँले मलाई यसो भन्नुभयो, उठ, म उठें। म अझै कामिरहेको थिएँ किनभने म डराएको थिएँ।