Daniel 10:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनले भने, “दानिएल, नडराऊ। तिमीले बुझ्‍ने शक्ति पाउन आफैंलाई नम्र तुल्‍याएको पहिलो दिनदेखि नै परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ। म तिम्रो प्रार्थनाको उत्तर दिन आएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भन्‍दैगए, “नडराऊ दानिएल, तिमीले आफ्‍नो मन समझतिर लगाएको र तिम्रा परमेश्‍वरको सामु आफैलाई नम्र तुल्‍याएको पहिलो दिनदेखि नै तिम्रा शब्‍दहरूको सुनुवाइ भएको थियो, र म तिनकै प्रतिउत्तरमा आएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले आफ्नो कुरा फेरि भने, “दानिएल, तिमी नडराऊ। तिमीले समझशक्ति पाउनलाई र परमेश्‍वरको सामु आफूलाई नम्र तुल्याउनलाई आफ्नो मनमा ठानेको पहिलो दिनमै तिम्रा कुराहरू सुनिएका थिए; अनि म तिम्रो प्रार्थनाको प्रत्युत्तरमा आएको हुँ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि फेरि ऊ बोल्यो, ‘नडराऊ दानियल, पहिलो दिनबाट नै तिमीले निश्चय गरेका थियौ कि परमेश्वरको छेउमा तिमी विनम्र र विवेकपूर्ण रहनेछु। परमेश्वरले तिम्रो प्रार्थना सुन्दै आउँनु भएकोछ, तिमी प्रार्थना गरिरहेका छौ, यसैले म तिम्रोमा आएको छु।