Daniel 10:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब ती मानिसजस्ता देखिने स्वर्गदूतले हात उचालेर मेरा ओठ छोए। मैले उनलाई भनें, “हजुर, यस दर्शनले मलाई यति कमजोर बनाएको छ कि मेरो कम्पन रोक्नै सक्तिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मानिसजस्तै देखिने एक जनाले मेरो ओठ छोए, र मैले आफ्नो मुख खोलेर बोल्न लागें। मेरो सामु उभिएकालाई मैले भनें, “मेरा प्रभु, दर्शनको कारणले गर्दा म वेदनाग्रस्त र असहाय भएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मानिसको पुत्रझैँ देखिने एक जनाले मेरा ओठ छोए; अनि मैले मेरो आफ्नो मुख खोलेँ र बोल्न सक्ने भएँ। अनि मेरो सामु उभिएकालाई भनेँ, “हे मेरा प्रभु, दर्शनको कारणले गर्दा म पीडाग्रस्त भएको छु; अनि म धेरै कमजोर महसुस गरिरहेको छु।
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि मानिस जस्तो कोही देखा पर्यो। मेरो ओंठ छोयो अनि अगाडी उभियो। मैले आफ्नो मुख खोलें र बोलें। ‘महोदय, जब मैले पहिलो दर्शन देखें, यसले मेरो मुटु डरले काम्यो मेरो बलनै रहेन।