Daniel 10:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले भने, “परमेश्‍वरले तिमीलाई प्रेम गर्नुहुन्‍छ। तिमी नडराऊ, तिमीलाई शान्‍ति होस्, बलियो र साहसी होऊ।” उनले त्‍यसो भनेपछि म अझै बलियो भएँ। मैले भनें, “हजुर, भन्‍नुहोस्। तपाईंले मलाई बल दिनुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “उच्‍च सम्‍मान गरिएका हे मानिस, नडराऊ। तिमीलाई शान्‍ति होस्, अब तिमी बलिया होऊ, बलिया होऊ।” जब तिनी मसँग बोले, मैले बल पाएँ र भनें, “मेरा प्रभु, बोल्‍नुहोस्, किनभने हजूरले मलाई बल दिनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले भने, “हे अति सम्मानित मानिस, नडराऊ! तिमीलाई शान्ति होस्! अब बलियो होऊ; साहसी होऊ।” जब तिनी मसँग बोले, तब मैले बल पाएँ, र तिनलाई भनेँ, “मेरा प्रभु, मसँग बोल्नुहोस्; किनकि हजुरले मलाई बल दिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उनले भने, ‘प्रिय मानिस, नडराऊ! बलियो होऊ।’ “जब उनी मसँग बोलिसक्नु भयो, मैले शक्ति पाएँ अनि भनें, ‘महाशय, दया गरी बोल किनभने तपाईंले मलाई बल दिए।’