Daniel 10:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[20-21] उनले भने, “म किन तिमीकहाँ आएँ, के तिमी जान्‍दछौ? सत्‍य वचनको पुस्‍तकमा के लेखिएको छ, सो बताउन म तिमीकहाँ आएको छु। अब फर्केर गई मैले फारसको त्‍यस शासकसित लडाइँ गर्नुपरेको छ। त्‍यसपछि ग्रीसको शासक आउनेछ। मलाई सहायता गर्ने स्‍वर्गदूत मिखाएलबाहेक अरू कोही छैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिनले भने, “म तिमीकहाँ किन आएको छु, तिमीलाई थाहा छ? फारसका राजकुमारको विरुद्ध लड्‌नलाई म छिटै फर्कनेछु, र जब म जान्‍छु, ग्रीसका राजकुमार आउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनले भने, “के तिमी जान्दछौ, म तिमीकहाँ किन आएको हुँ? म चाँडै परसीयाको राजकुमारको विरुद्धमा लडाइँ गर्न फर्कनेछु; अनि जब म जान्छु, ग्रीसको शासक आउनेछ;
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि उनले भने, ‘के तिमीलाई थाहा छ म तिमीकहाँ किन आए? म फारसको राजकुमारसँग युद्ध गर्न जान्छु। जब म छोडेर जान्छु, त्यस पछि यूनानको राजकुमार आउनेछ।