Daniel 10:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनको शरीर मणिझैँ चम्‍कन्‍थ्‍यो, अनुहार बिजुली चम्‍केझैँ उज्‍यालो थियो र आँखा राँकोझैँ बल्‍दथे। उनका हात-पाउ टल्‍काइएका काँसाझैँ टल्‍कन्‍थे र सोरचाहिँ एउटा ठूलो भीडको आवाजझैँ सुनिन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको शरीर पीतमणिजस्‍तै चहकिलो थियो, तिनको अनुहार बिजुलीझैँ चम्‍कन्‍थ्‍यो, तिनका आँखा राँकोझैँ बलिरहेका थिए। तिनका हात र खुट्टाहरू टल्‍काइएको काँसोजस्‍तै र तिनको स्‍वर ठूलो भीड़को स्‍वरझैँ थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको शरीर पीतमणिजस्तो, तिनको अनुहार बिजुलीजस्तो चम्किलो, तिनका आँखाहरू आगोका राँकाहरूजस्ता, तिनका पाखुराहरू र खुट्टाहरू टल्काइएको काँसाजस्तो चम्किलो र तिनको आवाज धेरै मानिसहरूका भीडको आवाजजस्तै थियो।
Nepali ERV (पवित्र बाइबल)
उनको शरीर फिरोजा पत्थर जस्तै चहकिलो थियो। उनको अनुहार बिजुली जस्तै चम्कन्थ्यो, उनको आँखा राँको झैं बलिरहेको थियो, उनका हात र खुट्टाहरू टल्काइएको काँसाको भाँडा जस्तै थिए। उनको बोलि भीडको आवाज जस्तै थियो।