Daniel 10:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो उदेकको दर्शन हेर्न म मात्र त्यहाँ एक्लै छोडिएँ। डरले ममा केही बल रहेन र मेरो अनुहार बदलियो। मलाई कसैले चिन्न सक्ने भएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण म त्यस महान् दर्शन हेर्दैरहेको अवस्थामा एकलै छोड़िएँ। ममा कुनै बल बाँकी रहेन, मेरो अनुहार मरेतुल्य पहेँलो भयो र म असहाय भएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यो महान् दर्शनलाई एकोहोरो हेरिरहने म मात्र एकलै छोडिएँ; ममा कुनै बल बाँकी रहेन; मेरो अनुहार मरेतुल्य पहेँलो भयो र म असहाय भएँ।
Nepali ERV (पवित्र बाइबल)
अनि म एक्लै छोडिएँ, म एक्लैले त्यो महादर्शन हेरें, तर मसँग केही शक्ति पनि रहेन। म मानिसको पुत्ला जस्तै भएँ। मैले सबै शक्ति पनि हराएँ।