Daniel 11:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अरामका राजाका छोराहरू लडाइँ गर्न तयार हुनेछन् र तिनीहरूले धेरै सेनाहरू भेला गर्नेछन्। तिनीहरूले पानीको भलझैँ उर्लिआएर शत्रुका किल्‍लामाथि आक्रमण गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनका छोराहरूले लड़ाइँको लागि तयार गर्नेछन्‌ र विशाल सेना जम्‍मा गर्नेछन्, जसले रोक्‍न नसक्‍ने बाढ़ले झैँ जित्‍दै किल्‍लासम्‍मै लड़ाइँ पुर्‍याउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उत्तर सिरियाका राजाका छोराहरूले युद्धका निम्ति तयारी गर्नेछन् र विशाल सेना जम्मा गर्नेछन्; अनि तिनीहरूले उर्लेर आउने भलझैँ आक्रमण गर्नेछन्, र दक्षिण राजाको किल्‍लासम्म नै युद्ध गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“फेरि उसका छोराहरूले युद्धको निम्ति विशाल सेना जुटाउने छन्। अनि तिनीहरूले रोक्न नसकिने बाढ झैं युद्ध जित्दै जानेछन्। र दक्षिणको राजाको किल्ला सम्म युद्ध गर्दै जित्नेछ।