Daniel 11:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अरामका राजाले आफ्ना सबै सेना लिएर हमला गर्ने जुक्ति गर्नेछन्। तब उनले आफ्नो शत्रुको राज्य नाश गर्न तिनीहरूसित मित्रता गाँस्नेछन् र आफ्नी छोरी बिहे गर्न दिनेछन् तर उनको जुक्ति काम लाग्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले आफ्नो सम्पूर्ण राज्यको शक्तिसाथ आउने निर्णय गर्नेछन् र दक्षिणका राजासँग सन्धि गर्नेछन्। अनि त्यो राज्य पराजित गर्नलाई उनले आफ्नी छोरी तिनलाई विवाह गर्न दिनेछन्, तर उनको योजना सफल हुनेछैन न त उनलाई मदत नै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिरियाका राजाले आफ्नो सम्पूर्ण राज्यको सैनिक शक्तिको साथ आउने निर्णय गर्नेछन्, र दक्षिणको राजासँग मित्रता गर्नेछन्। अनि त्यस राज्यलाई नष्ट गर्नलाई आफ्नी छोरी तिनलाई विवाहमा दिनेछन्, तर उनको योजना सफल हुनेछैन, अथवा त्यस कुराले उनलाई सहायता पुग्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
फेरि उनले दक्षिणका सबै राज्यहरू आफ्नो अधीनमा ल्याउने निश्चन गर्नेछन् र उचित शर्तहरू राख्नेछन्, अनि त्यस राज्यलाई नाश गर्नका निम्ति एउटी स्त्रीलाई विवाह गर्नेछन्। तर न ता त्यो स्त्री उसँग बस्छे न त उसको अभिप्राय सिद्ध हुन्छ।