Daniel 11:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा आफ्नै देशका किल्लाहरूमा फर्किजानेछन् तर उनको हार हुनेछ। त्यहीँ उनको अन्त्य हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसपछि उनी आफ्नै देशका किल्लाहरूतर्फ फर्कनेछन्, तर फेरि कहिल्यै नदेखिने गरी उनी ठेस खानेछन् र पतित हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि ती सिरियाका राजा आफ्नै देशको सुरक्षित किल्लातिर फर्कनेछन्; तर उनी ठक्कर खानेछन्, लड्नेछन् र फेरि कहिल्यै भेट्टाइनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
“यसरी उत्तरको राजा स्वंय आफ्नो देशको सुदृढ किल्लामा फर्केर जानेछन् र उनको पतन हुनेछ, फेरि कहिल्यै पनि त्यहाँ देखिने छैनन्।