Daniel 11:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“उनीपछि अर्का एक जना राजा हुनेछन्, जसले कर उठाएर मानिसहरूमाथि थिचोमिचो गरी आफ्‍नो राज्‍यको सम्‍पत्ति बढाउने काम गर्न एक अफिसरलाई पठाउनेछन्। तर केही समयपछि लडाइँको मैदानमा देखिने प्रकारले नभए पनि उनी मारिने नै छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजकीय वैभवलाई कायम राख्‍न उनका उत्तराधिकारीले एक जना कर उठाउने व्‍यक्तिलाई पठाउनेछन्‌। तर केही वर्षमा नै कुनै रीसभाव वा लड़ाइँमा नपरीकनै यिनी नाश गरिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनका उत्तराधिकारीले राजकीय वैभवलाई कायम राख्न एक जना कर उठाउने व्यक्तिलाई पठाउनेछन्। तर केही वर्षपछि नै तिनको अन्त्य हुनेछ; कुनै पनि लडाइँ झगडामा नपरीकनै तिनी मारिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“उनी पछि फेरि एकजना यस्तो आउनेछन् जसले सरकारी रक्षकको साथ एउटा अधिकारीलाई कर उठाउन पठाउनेछ। उसको पनि चाँडैनै अन्त हुनेछ। तिनको अन्त न त खुल्ला रूपमा न त युद्धमा हुनेछ।