Daniel 11:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्वर्गदूतले अरू अर्थ बताउँदैगए, “अरामको अर्को राजा दुष्ट मानिस हुनेछ। त्यसको राजा हुने हक नभए पनि त्यो अचानक आउनेछ र चलाकी गरेर राज्य-शक्ति आफ्नो हातमा लिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“राजकीय सम्मान नपाएको एक तिरस्कृत व्यक्तिद्वारा उनको स्थान लिइनेछ। जब मानिसहरूले सुरक्षाको महसूस गरिरहेका हुनेछन्, त्यसले त्यस राज्यमाथि आक्रमण गर्नेछ र त्यसले षड्यन्त्रद्वारा त्यस राज्यलाई लिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अनि तिनको ठाउँमा शासन गर्नलाई एक जना हेला गरिएका व्यक्ति उत्तराधिकारी हुनेछन्, जसलाई राजकीय सम्मान वा मान्यता दिइएको थिएन। त्यस राज्यका मानिसहरूले सुरक्षित अनुभव गरिरहेको बेला तिनले राज्यमाथि आक्रमण गर्नेछन्; अनि तिनले त्यस राज्यलाई षड्यन्त्रद्वारा घेरा हाल्नेछन् र राज्यसत्ता लिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“यसपछि एकजना एकदमै निष्ठुर अनि घिनलाग्दो मानिस आउनेछ। उसले राज परिवारको एकजना उत्तराधिकारी हुने सम्मान पाउनेछैन। आफ्नो चलाकीद्वारा ऊ अप्रत्याशित ढंगले राजा हुनेछ।