Daniel 11:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा धनी प्रान्तमाथि त्यसले चालै नदिई हमला गर्नेछ र त्यसका पिता-पुर्खाले नगरेका काम त्यसले गर्नेछ। त्यसपछि आफूले लडाइँमा कब्जा गरेका धन-सम्पत्ति त्यसले आफूपछि लाग्नेहरूलाई बाँडिदिनेछ। त्यसले किल्लाहरूमाथि हमला गर्ने उपाय रच्नेछ तर त्यसको समयको अन्त्य चाँडै हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबैभन्दा धनी प्रान्तहरूले सुरक्षाको महसूस गरिराखेको बेला त्यसले तिनीहरूमाथि आक्रमण गर्नेछ, र त्यसका पिता-पुर्खाहरूले नगरेका काम त्यसले गर्नेछ। त्यसले लुटेका सामान र सम्पत्तिहरू आफ्नो पछि लाग्नेहरूका बीचमा बाँड्नेछ। त्यसले किल्लाहरूका हारको निम्ति षड्यन्त्र गर्नेछ— तर थोरै समयको लागि मात्र।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब धेरै धनी प्रान्तहरूले सुरक्षित अनुभव गर्छन्, तब तिनले तिनीहरूमाथि आक्रमण गर्नेछन्, र तिनका पितापुर्खाहरू समेतले नपाएको सफलता तिनले पाउनेछन्। तिनले लुटपाट गरेर जम्मा गरेका लुटका मालसामान र धनसम्पत्ति त्यसको पछि लाग्ने मानिसहरूको बीचमा बाँडचुँड गर्नेछन्। तिनले बलियो किल्लाहरू भत्काउने षड्यन्त्र गर्नेछन्—तर केही समयको निम्ति मात्र तिनले यसो गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“‘जब त्यस प्रदेशको सर्वाधिक धनी क्षेत्रले आफूलाई शान्ति र सुरक्षित अनुभव गर्छ, त्यति नै बेला उसले धनहरू लुट्नेछ र आफू पछि लाग्नेहरूलाई लूटको धन दिनेछ। त्यसका पिता-पुर्खाहरूले गर्न नसकेको काम त्यसले गर्नेछ।