Daniel 11:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पश्‍चिमतिरको समुद्र किनारका मानिसहरूले जहाजमा आई तिनीसित लड्‍नेछन् र उनी डराउनेछन्। “तब उनी रिसले फर्कनेछन् र परमेश्‍वरको प्रजाको धर्मलाई नाश पार्ने कोसिस गर्नेछन्। उनले धर्म त्‍याग्‍नेहरूको सल्‍लाहअनुसार काम गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पश्‍चिमी किनारका देशहरूबाट त्‍यसको विरुद्धमा जहाजहरू आउनेछन्, र त्‍यसले हरेस खानेछ। तब फर्केर पवित्र करारको विरुद्धमा त्‍यसले आफ्‍नो रीस पोख्‍नेछ। त्‍यो फर्कनेछ र त्‍यसले पवित्र करार त्‍याग्‍नेहरूलाई कृपा देखाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पश्‍चिमी कित्तीमका जहाजहरूले तिनको विरोध गर्नेछन्; अनि तिनले हरेश खानेछन्। त्यसपछि तिनी आफ्नो देशमा फकर्नेछन्, र आफ्नो क्रोध पवित्र करारको विरुद्धमा पोखाउनेछन्। तिनी फर्कनेछन् र पवित्र करार त्याग्नेहरूलाई तिनले दया देखाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
पश्चिमबाट जहाजहरू तिनको विरूद्धमा आउनेछन् अनि ऊ पराजित हुनेछ र फर्किनेछ। पवित्र करारमाथि उसले आफ्नो रीस देखाउनेछ। ऊ फर्किनेछ अनि तिनीहरूलाई सधाउनेछ जसले पवित्र करार अनुसरण गर्न रोके।