Daniel 11:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती बुद्धिमान् अगुवाहरू कति जना भने मारिनेछन् तर यी सबैका कारणले मानिसहरू पवित्र हुनेछन्। परमेश्‍वरले तोक्‍नुभएको अन्‍त्‍य नआएसम्‍म यी सबै कुरा भइरहनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिमान्‌हरूमध्‍ये केहीले ठेस खानेछन्, यसरी तिनीहरू अन्‍तको दिनसम्‍मको लागि खारिऊन्, शुद्ध पारिऊन्‌ र दागरहित बनाइऊन्, किनभने त्‍यो दिन तोकिएको समयमा आउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धिमान् अगुवाहरूमध्ये केहीले ठक्‍कर खानेछन्, ताकि अन्त्यको समयसम्म तिनीहरू चोखिऊन्, शुद्ध पारिऊन् र निष्खोट ठहरिऊन्; किनकि यो त तोकिएको समयमा अवश्य आउनेछ।
Nepali ERV (पवित्र बाइबल)
ही ज्ञानी शिक्षकहरू मारिने छन्। यस्तो गरिनेछ, जसले गर्दा तिनीहरूलाई अन्तिम दिनहरूमा बलियो शुद्ध अनि निर्दोष बनाइनु सकियोस्। किनभने तोकिएको समयमा आउनेछ।”‘