Daniel 11:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना पिता-पुर्खाले सेवा गरेका देवता तथा स्‍त्रीहरूले पुजेका देवताहरूलाई पनि राजाले वास्‍ता गर्नेछैनन्। वास्‍तवमा उनले कुनै पनि देवताको वास्‍ता गर्नेछैनन् किनभने ती देवताहरूभन्दा आफैंलाई म महान् छु भनी उनले सोच्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना पिता-पुर्खाहरूका देवहरू वा स्‍त्रीहरूले रुचाएका देवको पनि उसले वास्‍ता गर्नेछैन, न त उसले कुनै पनि देवको वास्‍ता गर्छ, तर त्‍यसले आफैलाई ती सबैभन्‍दामाथि उचाल्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले आफ्ना पितापुर्खाहरूका देवताहरू अथवा स्त्रीहरूले चाहेका देवताहरूको पनि वास्ता गर्नेछैनन्, न त तिनले कुनै देवतालाई मान्‍नेछन्, तर आफूलाई ती सबैभन्दामाथि उच्‍च तुल्याउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“‘आफ्नो पिता-पुर्खाहरूका देवताहरू र स्त्रीहरूका प्रिय देवताको उसले अवहेलना गर्नेछ। तिनले कुनै देवताको वास्ता गर्ने छैन्। तिनले आफैलाई उनीहरू सबै भन्दा उच्च पार्नेछन्।