Daniel 11:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्ना किल्लाहरूको रक्षा गर्न उनले पराई देवता पुज्ने मानिसहरूलाई काममा लाउनेछन्। ज-जसले उनलाई राजा मान्नेछन्, तिनीहरूलाई ठूलो इज्जत दिनेछन्, ठूल्ठूला पदमा नियुक्त गर्नेछन् र इनामस्वरूप जमिन दिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उसले एक विदेशी देवताको सहायताले सबैभन्दा शक्तिशाली किल्लाहरूमाथि आक्रमण गर्नेछ र उसलाई मान्नेहरूलाई उसले ठूलो सम्मान गर्नेछ। उसले उनीहरूलाई धेरै मानिसहरूमाथि शासकहरू तुल्याउनेछ र एउटा मूल्यमा जमिन वितरण गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले एउटा विदेशी देवताको सहायताले सबैभन्दा बलियो किल्ला भएको सहरमाथि आक्रमण गर्नेछन्; अनि तिनलाई मान्यता दिनेहरूलाई ठूलो सम्मान दिनेछन्। तिनले तिनीहरूलाई धेरै जातिहरूमाथि शासक तुल्याइदिनेछन् र इनामको रूपमा देश विभाजन गरिदिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“‘ऊ अनि उसका विदेशी देवताहरूले आफ्नो किल्लाहरू बलियो पार्नेछ। तिनको निगाहमा भएकाहरूलाई तिनले सम्मान दिएर र साधारण मानिसहरूलाई जागिर दिएर तिनीहरूलाई मानले परिपूर्ण पार्नेछ।