Daniel 11:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अरामका राजाको अन्‍त्‍य हुने समय आइपुग्‍न लाग्‍दा मिश्रका राजाले तिनीमाथि आक्रमण गर्नेछन् र अरामका राजाले आफ्‍नो पूरा बलले रथ, घोडा र धेरै पानी-जहाजहरू साथमा लिई लडाइँ गर्नेछन्। पानीको भल बगेझैँ उनले धेरै देशहरूमाथि आक्रमण गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अन्‍तको समयमा दक्षिणका राजाले ऊसँग लड़ाइँ गर्नेछन्, र उत्तरको राजा रथहरू, घोड़चढ़ीहरू र धेरै जहाजहरू लिएर उनको विरुद्धमा आँधीझैँ आउनेछ। उसले धेरै देशहरूलाई आक्रमण गर्नेछ, ऊ बाढ़ीझैँ तिनीहरूमाथि बग्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अन्त्यको समयमा दक्षिणको राजाले तिनलाई युद्धमा आक्रमण गर्नेछन्; अनि उत्तरको राजाले रथहरू, घोडचढीहरू र धेरै जहाजहरू लिएर तिनको विरुद्धमा आँधीबेहरीझैँ आउनेछन्। तिनले धेरै देशहरूमाथि आक्रमण गर्नेछन् र तिनीहरूमाथि बाढीझैँ बग्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“‘आखिरमा दक्षिणका राजाले उत्तरका राजाको विरूद्ध युद्ध चलाउनेछन्। उत्तरका राजा रथहरू पैदल फौजहरू अनि धैरे जहाजहरू लिएर आक्रमण गर्न आउँनेछ। ऊ भूमिबाट बाढी जस्तै आउनेछ।