Daniel 11:44 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि पूर्व र उत्तर दिशाबाट आउने समाचारले उनलाई सताउनेछ र उनले घमासान लडाइँ गर्नेछन् र धेरै मानिसहरूलाई सखाप पार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पूर्व र उत्तरबाट आएका खबरहरूले उसलाई तर्साउनेछन् र ऊ अति क्रोधित भएर धेरैलाई विनाश र नामेट पार्न अगि बढ्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पूर्व र उत्तरतिरबाट आएका खबरहरूले तिनलाई तर्साइदिनेछन्; अनि तिनी अति क्रोधित भएर धेरै मानिसहरूलाई नष्ट गर्न र सखाप पार्नलाई निस्केर जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर पछि उसले पूर्व र उत्तरबाट एउटा समाचार प्राप्त गर्नेछ, अनि ऊ भयभीत अनि क्रोधित हुनेछ। धेरै देशहरूलाई वर्वाद बनाउनको निम्ति अघि बढने छ।