Daniel 11:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको तुरुन्तै पछि राजकुमारीको एक जना नातेदार राजा हुनेछन्। उनले अरामका राजाका सेनालाई हमला गर्नेछन् र तिनीहरूका किल्लामा पसी तिनीहरूमाथि विजयी हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनको स्थान लिनका निम्ति एक जना तिनको वंशबाट उठ्नेछन्। उनले उत्तरका राजाको सैन्य शक्तिमाथि आक्रमण गर्नेछन् र उनको किल्लाभित्र प्रवेश गर्नेछन्। उनले तिनीहरूका विरुद्ध लड़ाइँ गर्नेछन् र विजयी हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनको स्थान लिन तिनकै वंशबाट एक जना मानिस उठ्नेछन्। अनि तिनले उत्तरका राजाको सेना दलहरूलाई आक्रमण गर्नेछन्, र उनको किल्लाभित्र पस्नेछन्; तिनले उनीहरूको विरुद्धमा लडाइँ गर्नेछन् र विजयी हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“तर तिनको परिवारबाट एउटा मानिस दक्षिणी राजाको स्थान लिन आउँनेछ। उसले उत्तरी राजाको सेनामाथि आक्रमण गरेर सुदृढ किल्लामा प्रवेश गर्नेछ। अनि युद्ध जितेर विजयी हुनेछ।