Daniel 11:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[8-9] उनका देवताहरूका मूर्तिहरू र ती देवताहरूलाई चढाएका सुन र चाँदीका चीज-बीजहरू उनले मिश्र देशमा फर्काई लैजानेछन्। धेरै वर्षको मेल-मिलापपछि अरामका राजाले मिश्रमाथि हमला गर्नेछन् तर उनलाई पछि हट्न कर लाग्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले तिनीहरूका देवताहरू, तिनीहरूका फलामे मूर्तिहरू र चाँदी र सुनका बहुमूल्य भाँड़ाकुँड़ाहरू पनि जफत गर्नेछन् र मिश्रदेशतिर लैजानेछन्। केही वर्षका लागि उनले उत्तरका राजालाई छोड्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले उनीहरूका देवताहरू, उनीहरूका धातुका मूर्तिहरू, उनीहरूका सुन र चाँदीका बहुमूल्य सामग्रीहरू कब्जा गरेर ती इजिप्टमा लैजानेछन्। केही वर्षको लागि तिनले उत्तरको राजालाई एकलै छोड्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
उसले उनीहरूका देवताका मूर्तिहरू, चाँदी र सुनका बहुमूल्य वस्तुहरू लुट्नेछ। अनि केही वर्षकोलागि उत्तरको राजालाई एक्लै छोडने छन।