Daniel 12:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुती वस्‍त्र पहिरेका स्‍वर्गदूतले भन्‍दैगए, “त्‍यस बेला हाम्रा मानिसहरूको रक्षा गर्ने महान् स्‍वर्गदूत मिखाएल देखापर्नेछन्। तब यस्‍तो सङ्कष्‍टको समय आउनेछ कि जातिजातिको सुरु भएको समयदेखि त्‍यस बेलासम्‍म त्‍यस्‍तो समय कहिल्‍यै आएको थिएन। त्‍यो समय आउँदा परमेश्‍वरको पुस्‍तकमा नाम लेखिएका तिम्रा सबै मानिसहरू बाँच्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यस समयमा तिम्रा मानिसहरूलाई रक्षा गर्ने प्रधान राजकुमार मिखाएल देखा पर्नेछन्‌। यस्‍तो सङ्कष्‍टको समय आउनेछ कि जातिहरू सुरु भएदेखि त्‍यस बेलासम्‍म त्‍यस्‍तो कहिल्‍यै भएको छैन। तर त्‍यस बेला तिम्रा मानिसहरू— जीवनको पुस्‍तकमा नाम लेखिएका सबै— बचाइनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस बेला तिम्रा जातिलाई रक्षा गर्ने प्रधान स्वर्गदूत मिखाएल खडा हुनेछन्। तब यस्तो सङ्कष्‍टको समय आउनेछ, कि जातिहरू सुरु भएदेखि त्यस बेलासम्म कहिल्यै आएको थिएन। तर त्यस बेला यस पुस्तकमा नाम लेखिएका तिम्रा सबै मानिस बचाइनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“त्यस समयमा प्रमुख र्स्वगदूत माइकल तिम्रा मानिसहरूको रक्षक खडा हुनेछ। त्यस समयमा दुखहरू र संकटहरू हुनेछन्। यस्तो संकट तिनीहरूमाथि तिनीहरू संयुक्त भएदेखि यता कहिल्यै आएको थिएन। तर त्यसै बेला तिम्रा मानिसहरू, जसको नाउँ यस पुस्तकमा लेखिएकोछ, मुक्त गरिनेछन्।